गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

लहान । लागूऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ ।
लागूऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनाबाट १७ थान सखुवाको चिरान काठ बरामद गरेको छ ।
चुरे जंगलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा डिभिजनल वन कार्यालय लहानका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको टोलीले १७ थान सखुवा चिरान काठ बरामद गरेको हो ।
गाँजा पक्राउ