बेहोस बनाएर निर्मलाका बुवालाई काठमाडौं ल्याइँदै
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिदै गएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ ।
धनगढी विमानस्थल पुर्याइएका पन्तले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि विमानमा काठमाडौँ लैजाने नसकिएपछि सेती अञ्चल अस्पताल ल्याइएको थियो ।
उनलाई सेती अञ्चल अस्पतालबाट निजि गाडीमा काठमाडौं ल्याइएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी साहायक निरिक्षक दिपक धामीको नेतृत्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसँग आएको छ ।
सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि यज्ञराजसँगै स्वास्थ्यकर्मी सुनिल वि.क पनि काठमाडौं गएका छन ।
बुद्ध एयरबाट काठमाण्डौं लग्नका लागी कञ्चनपुर जिल्ला पूसाशन कार्यालयले टिकाट काटेको भएपपनी यज्ञराजले हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि बुद्ध एयरले लग्न नमानेपछि सेती अस्पताल ल्याइएको थियो ।
सेती अञ्चल अस्पतालमा बेहेस गर्ने सुई लगाएपछि यज्ञराजलाई निजि स्कारपियोबाट काठमाण्डौं ल्याइएको हो ।
निर्मला पन्त