News प्रदेश ७

मुख्यमन्त्री भट्टको निर्देशनपछि निर्मलाका बाबुलाई काठमाण्डौं लगियो

मुख्यमन्त्री भट्टको निर्देशनपछि निर्मलाका बाबुलाई काठमाण्डौं लगियो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशन पछि धनगढी विमानस्थलमा अलपत्र गरेका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।

 

 

१४ दिनदेखि रातदिन धर्नामा बसेका यज्ञराजको मानसिक सन्तुलन बिग्रीदै गएपछि उनलाई शनिबार बुद्ध एयरको हवाईजहाज मार्फत काठमाण्डौं लैजाने प्रयास असफल भएपछि अलपत्र परेका निर्मलाका बाबुआमालाई मुख्यमन्त्री भट्टको निर्देशनमा स्कारपिओ मार्फत काठमाण्ठौँं लगिएको हो ।

 

 

मुख्यमन्त्री भट्टले निर्मलाका आमाबाबुलाई हवाईजहाजले काठमाण्ठौं लग्न नमानेको खबर पाउँनासाथ जसरी भएपनि उनीहरुलाई काठमाडौंं लैजान बन्दोबस्त मिलाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

 

 

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री भट्टका प्रमुख स्वकिय शिव सिहं ओलीले मुख्यमन्त्री भट्टकै निर्देशनमा राती स्कारपियो जिप भाडामा लिएर उपचारका लागि काठमाण्डौँं पठाईएको बताए ।

 

 

अनावश्यक बरबराईरहेका यज्ञराजलाई सेती अञ्चल अस्पतालमा बेहोस हुने सुई लगाएर काठमाण्डौँ पठाईएको छ । सुप प्रदेश सरकारले उनको साथमा तीन सुरक्षाकर्मी सहित एक स्वास्थ्यकर्मी पनि पठाएको छ ।

 

 

ओलीले भने ‘काठमाडौं जाने टोलीलाई बाटो खर्चका लागि नगद पैसा समेत दिएर पठायौँ । यज्ञ सम्हालिन समस्या भएपछि उनको सुरक्षाका लागि प्रदेश सरकारले स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी पठाएको हो ।’

 

 

यज्ञराजको उपचारका लागि महेन्द्रनगरदेखि उनकी जेठी श्रीमती दुर्गादेवी पन्त सहित यज्ञराजका भिनाजु किशोर जोशी र ज्वाँई गजाधर भट्टपनि साथमा गएका छन् ।

 

 

बुद्ध एयरले यज्ञराजको अवस्था देखेर जहाजमा सुरक्षाको कारण देखाउदै चढाउन नमानेपछि उनीहरु गेटा विमान स्थलमै अलपत्र परेका थिए ।

 

 

सुदूरपश्चिम प्रदेश सरकारले गाडीभाडा, बाटो खर्च र औषधी उपचार बेहोर्ने भएको छ । मुख्यमन्त्री भट्टले उपचारमा कुनैपनि कसरबाँकी नराख्न समेत भन्दै राती नै उनलाई निर्मलाका बाबुलाई काठमाण्डौँ पठाउने प्रबन्ध मिलाएका थिए ।

 

 

यज्ञराजकी जेठी श्रीमती उपचारका लागि काठमाण्डौँ गएकी छिन्, भने कान्छी श्रीमती लक्ष्मीले धर्ना सम्हालेकी छिन् । कान्छी श्रीमती लक्ष्मीले न्याय नपाउँन्जेलसम्म धर्ना जारी राख्ने जनाएकी छिन् ।

 

 

छोरी निर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै २५ कार्तिकदेखि प्रशासनको मुल गेटमा धर्नामा बसेका यज्ञराजको सातादेखि स्वास्थसंगै मानसिक सन्तुलन गुम्दै आएको थियो । धर्नाकै विषयमा कञ्चनपुरमा अधिकारकर्मी विभाजित भएका छन् ।

 

 

कसैले धर्ना गर्नुपर्छ कसैले गर्नुहुन्न भन्ने दिनहुँ विवाद भईरहन्छ । यसबाट पनि कतिपय अधिकारकर्मीले निर्मलाको बाबुले बहुबिवाह गरेर निर्मलाकी आमा सहित छोराछोरी छोडेर ११बर्षसम्म घरै नगएको र राहतकै विषयम घर परिवारभित्रै विवाद मच्चिएर धर्ना भएको टिकाटिप्पणी गरिरहेका छन् । साउन १०गते साथीको घर गएकी निर्मला ११साउनमा मृत भेटिएकी थिईन् ।

 

 

उनको बलात्कार पछि हत्या भएको थियो । निर्मलाको न्यायिक आन्दोलनमा एक बालकले ज्यान गुमाईसकेका छन, भने अर्का किशोरले खुट्टा गुमाईसकेका छन् ।

 

 

सरकारले अनुसन्धानमा लार्पबाही गरेको आरोपमा दुई प्रहरी अधिकृतलाई बर्खास्ती गरेको छ ।भने, अनुसन्धानमा संलग्न अन्य प्रहरीलाई निलम्बन गरेको छ । कञ्चनपुर प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट निर्मला पन्त यज्ञराज पन्त

विशेष