News स्वास्थ्य

माग पुरा नभए अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

माग पुरा नभए अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । आफ्ना तीन बुँदे माग अघि सार्दै डा केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन् ।

 

 

यस्तै उनले  निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे । साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन ।

सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै उनले आलोचना गरे । उनले निर्मला पन्तको बारेमा अगाडि नै बोल्नुपर्नेमा आवाज उठाउन ढिला भएको बताए । 

 ।’


यस्ता छन्  डा केसीले राखेका तीन बुँदे माग 

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।
क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् । 
ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि।वि। पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस्।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्।
ग)  सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस्। 

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। 

३.नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस्।

विशेष