News राजनीति

मन्त्री अधिकारीलाई कालो झण्डा देखाउन खोज्ने पक्राउ

मन्त्री अधिकारीलाई कालो झण्डा देखाउन खोज्ने पक्राउ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई गृह नगर पोखरामा कालो झण्डा देखाइएको छ।

 

 

मन्त्री अधिकारीलाई आफ्नै गृहनगर पोखरामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको भ्रातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनले सोमबार दिउँसो उनकै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाएको छ ।

नयाँ शक्ति पार्टीका कार्यकर्ताले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मन्त्री अधिकारीलाई कालो झण्डा देखाएका हुन्।

मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने नयाँ शक्ति विद्यार्थी युनियनका ६ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । 

 

 

कास्कीका प्रहरीका अनुसार पक्राउ पर्नेमा युनियनका केन्द्रीय महासचिव नेत्र चापागाईं, सचिव रेशम सापकोटा, जिल्ला संयोजक विशाल तिमिल्सिना, केन्द्रीय सदस्य नरेन्द्र बस्याल, पृथ्वीनारायण क्याम्पस आधार संगठनका अध्यक्ष कृष्ण अधिकारी र तेजेन्द्र भट्टराई रहेका छन् ।

विशेष