News

एक लाख ५६ हजार युवा कुलतमा, ८ हजार मात्र उपचारको दायरमा 

एक लाख ५६ हजार युवा कुलतमा, ८ हजार मात्र उपचारको दायरमा 

काठमाडौं । नेपालमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुर्व्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो ।

 

सरकारी तथा गैरसरकारी निकायले लागूऔषध दुर्व्यसनविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

 

गृह मन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्न वार्षिक करोडौं रुपैयाँ खर्चने गरेका छन् ।

 

दुर्व्यसनको सबैभन्दा ठूलो मारमा काठमाडौं उपत्यकाका युवायुवती पर्ने गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ ।

 

काठमाडौंमा लागूऔषध दुर्व्यसन र बिक्री वितरणको आरोपमा दैनिकजसो आधा दर्जन बढी युवायुवती पक्राउ पर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले लागूऔषध दुव्र्यसनको जालो भयावह रूपमा बढ्दै गएको बताए ।

 

जालो भयावह रूपमा बढ्न थालेपछि काठमाडौं प्रशासनले केही दिनअघि मात्रै यहाँका डेढ दर्जन पुनःस्थापना केन्द्रको अनुगमन गरेको थियो ।

 

अनुगमनका क्रममा पनि पुनःस्थापना केन्द्रमा लागूऔषध दुर्व्यसनीको संख्या वृद्धि भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

 

स्कुल जीवन सकेर प्लस २ पढ्ने युवायुवती लागूऔषध दुर्व्यसनको जालोमा नराम्ररी फस्ने क्रम बढेको घिमिरेले बताए । राजधानी दैनिकबाट 

लागूऔषध दुर्व्यसन कुलत

विशेष