सवारी दुर्घटनामा एकजनाको मृत्यु

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा आइतबार राति सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका–१ मा लु ३ त ८११३ नम्बरको ट्र्याक्टरमा लु १ ह २१९ नम्बरको अटोरिक्सा ठोक्किदा अटोरिक्सामा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी बस्ने १८ वर्षीय वसन्त पल्लीमगरको घटनास्थलमानै मृत्यु भएको हो ।
दुर्घटनामा परी अटोरिक्सामा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भीमबहादुर सारुमगर घाइते भएका छन् ।
घाइते सारुमगरको मध्यबिन्दु अस्पताल डण्डामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानिले बताए ।
पूर्व पश्चिम राजमार्ग सवारी दुर्घटना