News

लागूऔषधसहित २ युवा पक्राउ

लागूऔषधसहित २ युवा पक्राउ

चितवन । जिल्लाको भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागूऔषध र कारोवारबाट संकलित रकम बरामद गरिएको जनाएको छ । 

 

विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिएको हो । त्यसैगरी रु पाँच लाख ८० हजार १८० नगदसमेत बरामद गरिएको छ । 

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मंसिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो ।

 

निजहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागूऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागूऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले बताए । 


पक्राउ परेका दुवैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ । 

लागूऔषध पक्राउ

विशेष