News

४८ आगलागी पीडितको घर नगरपालिकाले बनाइदिने

४८ आगलागी पीडितको घर नगरपालिकाले बनाइदिने

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आगलागी हुँदा ४४ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ४ घरमा आंशिक रुपमा क्षति पुगेको छ।

 

आइतबार बिहान ३ बजे बस्तीमा लागेको आजो बिहान ८ बजे नियन्त्रणमा आएको थियो। आगलागीबाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी जवान तथा सूचना अधिकारी उत्तम मल्लले जानकारी दिए ।

 

चिसोका कारणले सो क्षेत्रका स्थानीय गाईबस्तुसहित घुम्ती बसाइँका लागि ढोरपाटन नगरपालिकाका तल्लो भेगमा बसाइँ सरेको हुनाले आर्थिक र भौतिक संरचनामा क्षति भए पनि मानवीय र पशुजन्य क्षति भने नभएको प्रहरीले बताएको छ ।

 

आगो लाग्नुको कारण खुल्न नसकेको मल्लले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हुनमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिएको थियो। यो खबर आजको समाचारपत्र दैनिकमा बागलुङबाट सिर्जना पन्तले लेखेकी छन्।

 

 

‘ढोरपाटनमा चिसोका कारण मानिसहरु बेसी झरेपछि कोही छैनन्’, स्थानीय इन्द्र शाहीले भने– ‘स्थानीयलाई घरमा आगो लागेको खबर गरेपछि उनीहरु आइपुगेका छन्।’

 

 

आगलागीपछि उजाड बनेको नवी गाउँको बस्तीलाई पुनः बसाल्नका लागि तत्काल ढोरपाटन नगरपालिकाले प्रति परिवार १ लाख रुपियाँ आर्थिक सहयोग गर्ने मेयर देवकुमार नेपालीले बताए। नेपाल समाचारपत्र दैनिकबाट 

बागलुङ आगलागी पीडित

विशेष