News स्वास्थ्य

निर्मला हत्यकाण्डमा अपराधी पत्ता नलगाउनुमा सरकारको हात छ : डा केसी

निर्मला हत्यकाण्डमा अपराधी पत्ता नलगाउनुमा सरकारको हात छ : डा केसी

काठमाडौं ।  डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् ।


 

मंगलबार कञ्चनपुर पुगेर धर्नामा ऐक्यबद्धता जनाउँदै डा.केसीले घटनाको ४ महिनासम्म अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी भएको बताएका छन् । 

 

 

उनले सरकार कानमा तेल हालेर सुतेको बताउँदै १३ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या हुँदा पनि सरकारले अपराधी पत्ता नलगाएको बताउँदै त्यसमा सरकारको हात हुन सक्ने बताए । 

 

सोमबार डा केसीले निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएका थिए । निर्मलाको हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा केसीको चेतावनी छ ।


 

विशेष