News

सत्तारुढ विधार्थी संगठनद्धारा निजी कलेजको सम्बन्धन खारेज गर्न सरकारसँग माग

सत्तारुढ विधार्थी संगठनद्धारा निजी कलेजको सम्बन्धन खारेज गर्न सरकारसँग माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निजी कलेजहरुलाई सम्बन्धन दिएको विषयलाई लिएर सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु सरकार विरुद्ध उत्रिएको छ ।


 

 

संगठनले मंगलबार पत्रकार सम्मेलन गरी शैक्षिक माफियाको चंगुलमा परेर सरकारले प्राविधिक शिक्षालाई व्यापार गर्ने उद्देश्यले दिएको सम्बन्धनले वामपन्थी सरकारको नियतमाथि नै प्रश्न उठाएको उनीहरुले बताएका छन् ।


 

 

सम्भाव्यता नगरी, पर्याप्त पूर्वाधार बिनै, प्राविधिक जनशक्ति नभएका निजी कलेजलाई आर्थिक चलखेल गरी सम्बन्धन दिइएको उनीहरुको आरोप छ ।
उनीहरुले अवैधानिक ढंगले दिइएको सम्वन्धन तत्काल खारेज नगरे संसदीय समिति र अख्तियारको ढोका ढकढक्याउन बाध्य हुने बताएका छन् । 

 

 

संगठनका सचिवहरू आरती लामा, सुदेश पराजुली र र वसिम आलमले मंगलबार पत्रकार सम्मेलन गरी अवैधानिक रुपमा दिइएको सम्बन्धन तत्काल खारेज नगरे संसदीय समिति र अख्तियारमा समेत जानकारी गराउने चेतावनी दिएका छन् । उनीहरू  क्रमशः प्रदेश २, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का संयोजक समेत हुन् ।

 

 

यसअघि आंगिक क्याम्पसहरुले वर्षैदेखि नयाँ विषय माग्दै निवेदन दिइरहेको भएपनि उक्त निवेदनमाथि सुनुवाई नगरी निजी संस्थालाई सम्बन्धन दिनुले समाजवादको यात्रा उल्टो तिर गइरहेको विद्यार्थींहरुले टिप्पणी गरेका छन् ।

गत साउन दोस्रो सता बसेको मन्त्रिपरिषद्को बैठकले निजी क्याम्पसलाई दिइने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । तर, त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री ओलीको पत्रका आधारमा ११६ निजी कलेजलाइ सम्बन्धन दिएको छ ।


 

विशेष