News

डेढ करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

डेढ करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

काठमाडौं । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । 

 

केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो ।

 

पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् ।

 

उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा. रामकुमार मण्डल अस्पतालका प्रमुख दिए ।

 

पाठेघर बटारिएर गाईभैँसीले बच्चा जन्माउन नसके शल्यक्रियाका लागि अस्पताल ल्याउन एम्बुलेन्स खरिद गरिएको हो । 

 

यस्तै, प्लास्टिक, किला, काँटी खाएका पशुलाई पनि एम्बुलेन्समा राखेर शल्यक्रियाका लागि भेटेरिनरी अस्पताल ल्याउनुपर्ने हुन्छ । अस्पतालका पशु चिकित्सकहरू भेटेरिनरी एम्बुलेन्स अत्यावश्यक भए पनि खरिदमा अनियमितता भएको बताउँछन् ।

 

अस्पतालमा भदौ महिनामा एम्बुलेन्स आइपुग्यो । तर, भुक्तानी भने त्यसअघि नै भएको खुलेको छ । असार मसान्तभित्रै सबै भुक्तानी भएको अस्पताल प्रमुख थापाले बताए । नयाँ पत्रिका दैनिकबाट 

अनियमितता भेटेरिनरी एम्बुलेन्स

विशेष