News राजनीति

नेविसंघले आज महाधिवेशन मिति सार्वजनिक गर्दै

नेविसंघले आज महाधिवेशन मिति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने भएको   छ । 

 

 

महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले मंगलबार पत्रकार सम्मेलन गर्दैछन् । महरका अनुसार मंगलबार दिउँसो १२ः४५ बजे संघको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेविसंघको महाधिवेशनका लागि गर्नुपर्ने तयारी र महाधिवेशनको मिति समेत घोषणा गरिनेछ । नेविसंघले आगामी माघ २ गतेभित्र १२ औं महाधिवेशन गर्नुपर्ने म्यान्डेट पाएको छ । 


 

 

नेविसंघको १२ औं महाधिवेशन गत भदौमै हुनुपर्ने थियो । तर, आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण उक्त मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो । तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिदिएको थियो । दुई महिने म्याद माघ २ गते सकिँदै छ ।
 

 

यसैबीच नेविसंघको महाधिवेशन यति छोटो समयमा हुन नसक्ने नेविसंघकै असन्तुष्ट पक्षले जनाएका छन् भने शीर्ष नेताहरुमा पनि पछिल्लो समय महाधिवेशन हुने नुहने विषयमा एकमत देखिएको छैन । 

विशेष