News अर्थ शेयर

माथिल्लो तामाकोशीले आज सेयर बाँडफाँड गर्दै, प्रत्येकलाई न्यूनतम ४० कित्ता

माथिल्लो तामाकोशीले आज सेयर बाँडफाँड गर्दै, प्रत्येकलाई न्यूनतम ४० कित्ता

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) मंगलबार बाँडफाँड गर्ने भएको छ । 

 

 

गत महिना बिक्री गरेको साधारण शेयर अपराह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

 

 

कम्पनीकाअनुसार न्यूनतम रुपमा आवेदन गर्ने सबैलाई ४० कित्ताका दरले शेयर बाँडफाँड गरिनेछ । बाँकी रहेको शेयर भने गोलाप्रथाका आधारमा वितरण गरिनेछ । त्यसआधारमा न्यूनतम ४० कित्ता र अधिकतम ५० कित्ताका दरले शेयर पाउन सक्ने कम्पनीको दावी रहेको छ ।

सबै आवेदकर्तालाई शेयर दिने तयारी गरिएको छ । कम्पनीले दोहोरो आवेदन गर्ने करिब ६ हजारको आवेदन रद्द गरेको छ ।

 

 

दोलाखाको लामाबगरमा निर्माणाधिन कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको शेयरमा आवेदन गरेका र सबै प्रक्रिया पूरा भएका सबैलाई साधारण शेयर वितरण गरिनेछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषले आज अपरान्ह ३ बजे शेयर बाँडफाँड गरिने जनाएको छ ।


 

 

आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले गरेका छन्। बिक्री प्रबन्धककका अनुसार दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वत रद्ध हुनेछ। नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका आवेदक पनि शेयर प्राप्त गर्नबाट बञ्चित हुनेछन् ।

विशेष