प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले भेटवार्ता गरेका छन् । 

 

 

भेटका क्रममा ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

 

 

आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि राजदूत बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए । 

“जलविद्युत्, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिक कार्यसूची रहेको छ”, उनले भने । 

 

 

अध्यक्ष दाहालले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने , “तपाईको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझैं प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।” उनले  नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि बताए । 

 राजदूतसँगको द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

 

 

सो अवसरमा राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसि) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताउँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको र त्यसमा सफलता मिल्ने विश्वास व्यक्त गरे । 

संम्बधित खबर

विशेष