एशिया प्यासेफिक समिट क्रिश्चियन धर्मको प्रचारको लागि हो : विश्व हिन्दु महासंघ
काठमाडौं । विश्व हिन्दु महासंघले एशिया प्यासिफिक समिट २०१८ क्रिश्चियन धर्म विस्तारको लागि हुन लागेको भन्दै आपत्ति जनाएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी महासंघको सचिव अस्मीता भण्डारीले सरकारले उक्त कार्यक्रमको सहयोग गरेको भन्दै सरकारको आलोचना समेत गरेकी छिन् । उनले भनिन्, “कार्यक्रमलाई सरकारले सहयोग गर्नु भनेको जो रक्षक उही भक्षक भएको भन्दै सरकारको उक्त कदमबाट ९४ प्रतिशत भन्दा बढी नेपाली हिन्दुधर्मालम्बीहरु माथि चोट पुग्ने छ ।”
सरकारले कार्यक्रमलाई सहयोग गर्नु भनेको राष्ट्रघाती काम हो । कार्यक्रम रोक्नको लागि सरकारसगँ कार्यक्रम गर्नुभन्दा अगाडि विविध पहल गरेको तथा सञ्चारमाध्यम मार्फत् सरकारको ध्यानकर्षण गरेको भण्डारीले बताईन । ”सरकारले एशिया प्यासिफिक समिट कार्याक्रम सम्पन्न हुनु दिनु भनेको राष्ट्घाती काम भएको भन्दै महासंघले यसको विरोध गर्ने र सम्पूर्ण नेपाली जनताले यसको विरोध गर्नुपर्छ ,” उनले भनिन् ।
यस्तै महासंघका कार्यवहाक अध्यक्ष प्रमोद कुमार चौरडियाहाले पनि एसिया प्यसेफिक समिट कार्यक्रम तथा संस्था विकासको लागि आएको भनिए तापनि यसले विकास भन्दा पनि धर्मप्रचारको लागि आएको बताए । विकासको लागि आएको छ ठीक छ तर विकासको लागि आएको भन्दै जस्तो पायो त्यस्तो संस्थालाई नेपाल प्रवेश गर्न दिने भोलि आतंककारी समूह विकासको लागि भन्दै नेपालमा आउला उनीहरुलाई कार्यक्रम गर्न दिने , उनले सरकारलाई प्रश्न गरे । चौरडियाले भने, “महासंघको एउटा सिद्धान्त छ नेपाल भन्ने मुलुक परापूर्वकाल देखि हिन्दु राज्य हो ,त्यही अवस्थामा फर्किनु पर्छ भन्ने हाम्रो मान्यता हो । तर विकास गर्छ भन्दै धर्मका नाममा आफनो स्वर्थ पुरा गर्न आउने संस्थालाई नेपाल प्रवेश गर्न दिने यो हामीलाई तथा महासंघलाई मान्य हुदैन । हाम्रो संस्कृति राजनीति हिन्दु धर्म अनुसार सञ्चालन हुनुपर्छ । ”
महासंघका स्वामी पधरत्न आचार्यले चन्द्र, सूर्य तथा ब्रम्हाण भनेको धर्म हो भन्दै धर्मका नाममा व्यापार गर्न नहुने बताए । उनले माओवादी क्रिश्चियन धर्मको उपज भएको अरोप लगाए । नेपालमा अन्य धर्म भित्राउन विभिन्न समयमा प्रयास भएको बताँउदै उनले माओवादीलाई भने क्रिश्चियनहरुले पालेर हुकाएको कारण १७ हजार मानिसको ज्यान गएको आरोप लगाए । उनले भने , “क्रिश्चियनले हुर्काएको माओवादीले १७ हजार मानिसको ज्यान लिएपछि रातको समयमा सबै निन्द्रमा भएको समयमा गणतन्त्र आउनु भनेको क्रिश्चियहरुद्धारा हिन्दुमाथि भएको आक्रमण हो । ”
महासंघले कार्यक्रम समपन्न भएपछि अझ सशक्त विरोधका स्वरुप तयार गर्ने समेत बताएको छ । यस्तै महासंघले सरकारसँग निर्मला पन्तको लागि न्यायको माग गर्ने समेत बताएको छ । महासंघले पन्तको न्यायको लागि बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएको छ । एसिया प्यासफिक समिट मंसिर १४ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुदैछ ।