News भिडियो

गुरु नानकको जन्मदिनमा ‘स्ट्रिट लन्गर’ (भिडियोसहित)

गुरु नानकको जन्मदिनमा ‘स्ट्रिट लन्गर’ (भिडियोसहित)

काठमाडौं । शिखहरुका गुरु नानकको जन्मजयन्तीका अवसरमा काठमाडौंमा ‘स्ट्रिट लन्गर’ (सामूहिक निःशुल्क धार्मिक भोजन)को आयोजना गरिएको छ । 

 

संगत समहूका अगुवाहरु भग सिंह, हर्सिम्रन सिंहको संयोजन र वर्ल्ड शिख एडको सहयोगमा यस्तो लन्गर आयोजना गरिएको हो । सामान्यतः शिखहरुको लन्गर उनीहरुको धार्मिक स्थल गुरुद्ववारामा हुने गर्छ । तर नेपालमा धेरै भन्दा धेरै मानिसहरुले शिख धर्मबारे जानकारी पाउन् भन्ने उद्देश्यले सडकमै लन्गर सञ्चालन गरिएको आयोजक पक्षका हर्सिम्रन सिंहले जानकारी दिए । 
काठमाडौंको म्हैपीमा विगत ६ वर्षदेखि गुरु नानकको जन्मदिनमा यस्तो लन्गर आयोजना हुँदै आएको छ । 

 

 

गुरु नानक आफ्नो जीवनकालमा नेपाल आएका थिए  । उनले बालाजुस्थित विष्णुमती किनारमा  तपस्या गरेका थिए । जसका कारण सो क्षेत्र शिखहरुको धार्मिक स्थल पनि मानिन्छ । 

 

शिखहरुले विशेष पर्व र उत्सवमा आयोजना गर्ने लन्गर एक प्रकारको सहभोज पनि हो । यस्तो भोजमा कुनै जाति, धर्म, वर्ग, धनी गरिब वा कुनै पनि प्रकारको भेदभाव बिना सबैले सबैसँग बसेर सामूहिक भोजन गर्छन् । सामाजिक सद्भाव अभिवृद्धि गर्ने, मानवताको उच्च प्रदर्शन हुने भएकोले शिखहरुमा लन्गरलाई एक धार्मिक क्रियाकलापका रुपमा लिने गरिन्छ । शिखहरुमा जातभादको व्यवस्था छैन । नेपालमा शिखहरु अल्पसंख्यामा बसोबास गर्छन् । 
 

विशेष