विमानस्थलबाट जँड्याहा पाइलट पक्राउ !
एजेन्सी । मादक पदार्थ सेवन गरेको अवस्थामा जापानमा एकजना पाइलट पक्राउ परेका छन् । उनी त्यहाँको हिथ्रो विमानस्थलमा पक्राउ परेका हुन् । उनले ९ पटकभन्दा बढी सीमाभन्दा बढी रक्सी पिएको बेलायती अधिकारीले बताएका छन् ।
जापान एयरलाइन्सका ४२ वर्षीय पाइलट कात्सुतोशी जित्सुकावालाई ब्रेथ टेस्टमा फेल भएपछि गएको अक्टोबर २८ मा हिथ्रो विमानस्थलबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
उनको शरीरबाट एक सय मिलिलिटर रगतको नमूना लिएर परीक्षण गर्दा १८९ मिलिग्राम अल्कोहलको मात्रा भेटिएको थियो । बेलायतमा पाइलटको शरीरमा २० मिलिग्रामभन्दा बढी अल्कोहलको मात्रा भेटिएमा त्यसलाई कानुनविपरीत मानिन्छ ।
पाइलट जित्सुकावालालाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ । उनलाई नोभेम्बर २९ मा अदालतमा उपस्थित गराइनेछ ।
जापान एयरलाइन्स त्यस घटनाप्रति क्षमा माग्दै भविष्यमा त्यस्ता घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै उसले आफ्नो पहिलो प्राथमिकता नै सुरक्षित उडान भएको पनि स्पष्ट पारेको छ ।
मादक पदार्थ सेवन पाइलट पक्राउ