News अपराध सुरक्षा

६०० लिटर डिजेल बरामद

६०० लिटर डिजेल बरामद

गौशाला । महोत्तरी प्रहरीले जिल्लाको सम्सी बजारमा अवैध रुपमा बिक्री वितरणका लागि राखिएको ६०० लिटर डिजेल बरामद गरेको छ । 

 

आधिकारिक रुपमा पेट्रोल पम्पमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले ६०० लिटर डिजल सम्सी बजारबाट बरामद गरेको हो । 

 

पेट्रोल पम्पमा अभाव रहेको बेलामा कालोबजारी गरी चर्को मूल्यमा बेच्ने उद्देश्यका साथ बजारमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरी प्रशासनसहितको बजार अनुगमन टोलीले सो डिजेल बरामद गरेको हो । 

 

अनुगमन टोलीले बरामद गरेको सो डिजल आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । 
 

डिजेल

विशेष