News प्रदेश १

छुरा प्रहारबाट मनी ट्रान्सफरका सञ्चालक घाइते

छुरा प्रहारबाट मनी ट्रान्सफरका सञ्चालक घाइते

इनरुवा । सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट घाइते भएका छन् ।

 

मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई बुधबार छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । 

 

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र छुरा प्रहार गर्ने व्यक्तिको खोजतलास जनाइएको छ । 

सुनसरी छुरा प्रहार मनी ट्रान्सफर

विशेष