नेताका नाममा खोलिएका संस्थालाई करोडौं बजेट
विराटनगर । प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि ‘पुँजीगत अनुदान’ भन्दै ठूलो रकम दिएको छ।
यस आर्थिक वर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई सात करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ। बजेट भाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो।
आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम दिने तयारी गरेको छ। मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको छ।
तत्कालीन एमाले नेता भण्डारीका नाममा उर्लाबारीमा उर्लाबारी प्राविधिक शिक्षालय समेत सञ्चालन गर्दै आएको छ।
सुनसरीको तरहरास्थित सहिद आवासीय विद्यालयका लागि एक करोड ५० लाख रुपैयाँ दिइने भएको छ। यसमा सहिद परिवारका विद्यार्थी पढ्छन्।
झापाको दमकस्थित पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानका लागि ४० लाख, झापाकै सहिद सुखानी स्मृति प्रतिष्ठानलाई ४० लाख, गौरीशंकर स्मृति प्रतिष्ठानका लागि ४० लाख विनियोजन गरिएको छ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
संस्था मदन भण्डारी स्मृति प्रतिष्ठान