मदिरा पिउँदा सातजनाको मृत्यु
एजेन्सी । विषालु मदिरा पिउँदा भारतको पश्चिम बंगालमा सात जनाको मृत्यु भएको छ ।
विषालु मदिरा पिएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले दिएको जानकारी अनुसार राज्य सरकारले यो घटजनको छानविनका लागि सीआईडीलाई आदेश दिएको छ ।
उनले विहार र झारखण्डबाट विषालु रक्सीको तस्करी कसले गर्दैछ भन्ने पत्ता लाग्ने बताएका छन् ।
उनले ज्यान गुमाउनेका परिवारलाई दुई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।
विषालु मदिरा