News खेल

थ्रीस्टारले हरायो एपीएफलाई , रञ्जनले गरे गोल 

थ्रीस्टारले हरायो एपीएफलाई , रञ्जनले गरे गोल 

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार भएको खेलमा थ्रीस्टार क्लबले विभागीय टीम सशस्त्र (एपीएफ) लाई हराएको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारले एपीएफलाई दुई–शून्यले हराएको हो  । 

 

 

थ्रीस्टारको जितमा रञ्जन विष्टले दुई गोल गरे । खेलको २५ औं मिनेटमा थ्रीस्टारका लागि रञ्जन विष्टले गोल गरे । उनले सुनिल बमको पासमा गोल गरेका हुन् । निक्कै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टीमबाट पहिलो हाफमा कुनै पनि गोल हुन सकेन । 
दोस्रो हाफको ६६ औं मिनेटमा थ्रीस्टारका लागि फेरि विष्टले नै गोल गरी दुई शुन्यको जीत निश्चित गरे । दुई गोलले पछि परेको एपीएफले थ्रीस्टार माथि केही दबाब सिर्जना गरे पनि गोल भने गर्न सकेन ।

 

 

 

जितसँगै थ्रीस्टार अंक तालिकाको शीर्ष स्थानमा बस्न सफल भएको छ । जारी लिगमा थ्रीस्टारले  मनाङसँग मात्र हार व्यहोरेको छ ।

 जितपछि थ्रीस्टारको ५ खेलबाट १० अंक भएको छ । उसले गोल अन्तरका आधारमा मनाङलाई पछि पारेको छ ।

विशेष