News

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी पक्राउ

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी पक्राउ

काठमाडौं । भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने मानअधिकारवादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

 

 

पक्राउ पर्नेमा एम्नेष्टि इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुवँर लगायतका मानवअधिकारवादी नेताहरुरहेका छन् । 

 

 

शुक्रबार काठमाण्डौस्थित भारतीय राजदूतावास अगाडि प्रर्दशन गर्ने क्रममा एमनेष्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका अध्यक्ष ढुकुछु लगायतका नेताहरुलाई प्रहरीले महानगरीय प्रहरी वृत लैनचौरमा राखेको छ । 


 एम्नेष्टि इन्टरनेशनल इन्डिया लगायतका मानवअधिकार तथा परोपकारी सामाजिक संस्थाहरुमाथि भारत सरकारका अधिकारीहरुले गरेको हस्तक्षेपको संसारभरका एम्नेष्टिकर्मीहरुले विरोध गरिरहेका छन्।

 

 

भारतीय सरकारी अधिकारीहरु र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकार सम्बन्धित कामहरु दवाउन खोजेको एम्नेष्टिले आरोप लगाएको छ।

गत कार्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेष्टि इन्डियाको बैंक खाता रोक्का गरेको थियो। बैंक खाता रोकिएपछि मानवअधिकार शिक्षा सम्बन्धि कामहरु प्रभावित भएका छन्।

विशेष