रकम लुटपाट गर्ने ४ जना पक्राउ

रकम लुटपाट गर्ने ४ जना पक्राउ

जनकपुर । धनुषाको जनकपुरधाम उप–महानगरपालिकाको विभिन्न वडाबाट लुटपाटको रकमसहित ४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  

 

 

पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको नगराईन नगरपालिका – ६ बस्ने २१ वर्षीय अमित कुमार मण्डल, सोही स्थानका २२ वर्षीय अशोक कुमार मण्डल, नगराईन नगरपालिका – ७ बस्ने २४ वर्षीय ललित दास र सोही नगरपालिका – ६ बस्ने २६ वर्षीय राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका व्यक्तिहरुको साथबाट लुटिएको १७ हजार रुपैयाँ, २ थान मोबाईल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

 

धनुषा जिल्लाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिकाको देवडिहा नवटोलीको फुलबारीमा फुल्गामाबाट मेला हेरी फर्किने क्रममा उनीहरुले मोटरसाईकमा रहेका जनकपुर उप–महानगरपालिका– १६ बस्ने रुपेश कुमार मण्डल र पुन्नुकुमार ठाकुरको मोटरसाईकल रोकी लुटपाट गरेको थिए । 

पक्राउ परेका ४ जनालाई धनुषा जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए । 

 

 

त्यस्तै सिरहा जिल्लाको सिमावर्ती क्षेत्र बरियारपट्टीबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको बरियारपट्टि गाउँपालिका – १ वडहरिस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको स४प ६७९२ न. मोटरसाईकल चेकजाँचको क्रममा सिटमुनि लुकाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका – २ बस्ने २१ वर्षीय मोहम्मद मुर्तुजालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहाको प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले डाईलेक्स डिसि १००, २४ बोतल करेक्ससहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 

संम्बधित खबर

विशेष