News अर्थ

 फास्ट ट्रयाकको प्रस्थान विन्दु यथाशिघ्र निक्र्यौल गरी मुआब्जाको बिषय टुंगो लगाउन भौतिक मन्त्रालयलाई निर्देशन 

 फास्ट ट्रयाकको प्रस्थान विन्दु यथाशिघ्र निक्र्यौल गरी मुआब्जाको बिषय टुंगो लगाउन भौतिक मन्त्रालयलाई निर्देशन 

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले फास्ट ट्रयाकको प्रस्थान विन्दु यथाशिघ्र निक्र्यौल गरी मुआब्जाको बिषय टुंगो लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेना, इञ्जिनियरिङ विभागलाई निर्देशन दिएको छ ।

 

 

 

शुक्रबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक मन्त्रालय तथा सेनाको  इञ्जिनियरिङ विभागलाई उक्त निर्देशन दिएको हो । 

 

 

 

समितिले फास्ट ट्रयाक निर्माण लगायत सम्पूर्ण विकास निर्माण कार्यहरु गर्दा हुने पर्यावरणीय क्षतिलाई न्युनीकरण गर्ने व्यवस्था मिलाउन भौतिक मन्त्रालय तथा इञ्जिनियरिङ विभागलाई भनेको छ ।  वैठकमा मन्त्री रघुविर महासेठ, सचिव मधुसुदन अधिकारी तथा नेपाली सेना इञ्जिनियरिङ विभागका उपरथी योगेन्द्र बहादुर खाँण सहभागी थिए ।


यस्ता छन् आजका बैठकमा भएका निर्णयहरु , हेर्नुहोस्
१) नेपाल सरकारबाट सुम्पिएको राष्ट्रिय गौरवको काठमाडौं–तराईमधेश(भ्हउचभककधबथ) फास्ट ट्रयाक आयोजनालाई समयमै सम्पन्न गरि नेपाली सेनाको क्षमता र विश्वसनियतालाई अझै उच्च राख्ने कार्य सम्पन्न गर्न समिति भौतिक योजना तथा यातायात मन्त्रालय मार्फत नेपाली सेना, इञ्जिनियरिङ विभागलाई निर्देश गर्दछ । 
२) द्रुत मार्ग निर्माण लगायत सम्पूर्ण विकास निर्माण कार्यहरु गर्दा हुने पर्यावरणीय क्षतिलाई न्युनीकरण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत नेपाली सेना इञ्जिनियरिङ विभागलाई निर्देश गर्दछ । 
३) आयोजनाको काममा उच्च जोखिममा रहेर खटिने सम्बन्धित प्राबिधिक तथा कामदारहरुको मनोबल उच्च राख्ने प्रयोजनका लागि न्यूनतम सेवा सुबिधा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत नेपाली सेना इञ्जिनियङ विभागको ध्यानाकर्षण गर्दछ । 
४) डीपीआर बिनै सडक निर्माण सुरु भएको सन्दर्भमा पर्न सक्ने समस्या दृष्टिगत गरि सिघ्र डीपीआर लगायतका सम्पूर्ण पूर्वाधार तयार गरि सडक निर्माण कार्यलाई अघि बढाउन समिति निर्देश गर्दछ । 
५) आयोजनाको काठमाडौं तर्फको प्रस्थान विन्दु यथाशिघ्र निक्र्याैल गरी मुआब्जाको बिषय टुंगो लगाउन नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेना, इञ्जिनियरिङ विभागलाई निर्देश गर्दछ ।
६) यस समितिको तर्फबाट उपयुक्त समयमा काठमाडौं–तराईमधेश(भ्हउचभककधबथ) फास्ट ट्रयाक आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने निर्णय गरियो ।

कल्याणी कुमारी खड्का 
सभापति
विकास तथा प्रबिधिविकास तथा प्रबिधी समिति
 

विशेष