News राजनीति

खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौंः अर्थमन्त्री खतिवडा

खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेका छौंः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

 

इटालीको रोममा आयोजित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमको कार्यकारी बोर्डलाई सम्बोधन गर्दै उनले खाद्य सुरक्षा सुनिश्चित गर्ने नेपाल सरकारको उच्च प्रतिबद्धता रहेको बताएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

अर्थमन्त्री डा. खतिवडाले एक वर्षभित्र सबै बालबालीकाको विद्यालय भर्ना, दुई वर्षभित्र निरक्षरताको अन्त्य, तीन वर्षभित्र आधारभूत खानेपानी र आधुनिक ऊर्जा र पाँच वर्षभित्र सबैलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । 

 

विश्व खाद्य कार्यक्रमले नेपालमा पुर्याएको सहयोगको प्रशंसा गर्दै उहाँले आर्थिक र सामाजिक विकासलाई समावेशी बनाउने बताए । 

 

बैठकले नेपालको खाद्य सुरक्षा, आपतकालिन खाद्य प्रबन्ध र बाल पोषणका क्षेत्रमा विश्व खाद्य कार्यक्रमको नेपालका लागि पाँच वर्षे रणनीतिक योजना पनि पारित गरेको थियो । 

 

भ्रमणका क्रममा उनले विश्व खाद्य कार्यक्रमका उच्च पदस्थ कार्यकारी सञ्चालकहरु, संयुक्त राज्य अमेरिका, चीन तथा अन्य देशका प्रतिनिधिसँग खाद्य सुरक्षाका सम्बन्धमा द्विपक्षीय सहयोगवारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ । 

अर्थमन्त्री डा. युवराज खतिवडा खाद्य सुरक्षा

विशेष