काठमाडौंमा शुक्रबार जोर नम्बरका गाडीमात्र चल्न पाउने
काठमाडौं । काठमाडौंमा शुक्रबार जोर नम्बरको गाडी तथा मोटरसाइकल मात्र चलिरहेका छन् ।
शुक्रबारदेखि हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुन आएका विभिन्न देशका विशिष्ट व्यक्तिको सहजताको लागि बिहीबारदेखि जोर बिजोर प्रणाली लागू भएको हो ।
सरकारले काठमाडौंमा चल्ने सवारी साधनहरुमा चार दिन जोर विजोर प्रणाली लागू गरे बमोजिम आज जोर नम्बरका सवारीका साधन मात्रै सञ्चालन हुन पाउने छन् ।
आइतबारसम्म जोर बिजोर नम्बरको आधारमा गाडी र मोटरसाइकल चल्न पाउनेछन् ।
नम्बरप्लेटका अन्तिम एउटा नम्बरका आधारमा जोर बिजोर गणना हुने गृह मन्त्रालयले जनाएको छ । तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका गाडीमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।
जोर बिजोर नम्बरको आधारमा कम गाडी चल्दा यात्रुले सास्ती पाएका छन् । थोरै मात्र गाडी चल्दा गन्तव्यमा पुग्न समस्या भएको उनीहरुको गुनासो छ ।
सरकारले अनावश्यक रुपमा जोर विजोर प्रणाली लागू गरेको भन्दै सर्वसाधारणहरुले विरोध गरिरहेका छन् । उनीहरुले सरकारको यो निर्देशन नमान्ने भन्दै जोर विजोर प्रणालीको अवज्ञा पनि गरेका छन् ।
जोर नम्बरका गाडी एसिया प्यासिफिक समिट