पाकिस्तानी नयाँ सरकारको सय दिनः सर्वत्र सुधारको संकेत
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ ।
प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विषेश कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीका सल्लाहकार मोहम्मद शेहजाद अर्बाबले सरकारले गर्ने भनेको ३४ कामहरु मध्ये १८ काम सम्पन्न गरेको जानकारी दिए।
उनले सरकारको काम प्रगतिपूर्ण नै रहेको दावी गर्दै अरु १६ काम पनि सन्तोषजनक तरिकाले अगाडी बढेको बताए ।
यो अवधिमा सरकारले मुख्य गरेर सुशासन, आर्थिक वृद्धिका लागि सफल कार्यक्रम, संघीय प्रदेशको सशक्तिकरण, कृषि क्षेत्रको उथ्थान र पानीको स्रोतको सम्बद्र्धन, सामाजिक सेवामा परिवर्तन, तथा राष्ट्रिय सुरक्षागरी छ ओटा क्षेत्रमा दह्रो आधार तयार गरेको सल्लाहकार अर्बाबले जानकारी दिए ।
गत अगस्त १८ मा प्रधानमन्त्रीका रुपमा इमरान खान निर्वाचित हुनुभएको हो । उनले त्यति बेला नै सय दिने योजना र कार्यक्रमहरु सार्वजनिक गरेका थिए । उनी आगामी पाँच बर्षका लागि प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्री इमरान खान पाकिस्तानी सरकार मोहम्मद शेहजाद अर्बाब