विदेश

श्रीलंकाको संसदद्वारा प्रधानमन्त्रीको खर्च कटौती

श्रीलंकाको संसदद्वारा प्रधानमन्त्रीको खर्च कटौती

कोलम्बो । श्रीलंकाका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । 

 

संसदमा बिहीबार भएको मतदानमा उनीहरूले पक्षमा मत दिएर प्रधानमन्त्रीको खर्च कटौती गरिदिएका छन् । 

 

तत्कालको राजनीतिक संकट तथा अस्थिरतालाई नियन्त्रणमा लिनका लागि प्रधानमन्त्री कार्यालयको खर्च कटौती गर्नु परेको सांसदहरुको भनाई छ । 

 

संसदका कुल २२५ सांसदमध्ये १२३ जना सांसदले खर्च कटौतीको पक्षमा मतदान गरेको अधिकारीहरुले जनाएका छन् । 

 

खर्च कटौतीको प्रस्ताव अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको पार्टी ‘युनाईटेड नेश्नल पार्टी’ (युपीएन) का सांसद रवि करुणानायकेले संसदमा प्रस्तुत गर्नु भएको थियो । 

 

‘तमिल नेस्नल एलाइन्स’का सांसद र जनाथा भिमुक्थी पेरामुनाले पनि प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावमा मतदान गर्नु भएको थियो । 

 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर विपक्षी नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट संसदले प्रधानमन्त्रीलाई असहयोग हुने र नियन्त्रण गर्नेगरी यस्तो प्रस्ताव पारित गरेको हो । 

 

श्रीलंकामा अहिले संसद र अदालतले राष्ट्रपति र प्रधानमन्त्री असहमति जनाउदै आएका छन् । उनीहरुले राष्ट्रपतिको कदम गलत भएको र प्रधानमन्त्री पनि अवैध भएको दावी गरेका छन् । एजेन्सी 

श्रीलंका खर्च कटौती

विशेष