News खेल

सहिद स्मारक लिग : एनआरटीविरुद्धको खेलमा पुलिस विजयी 

सहिद स्मारक लिग : एनआरटीविरुद्धको खेलमा पुलिस विजयी 

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।

 

 

 

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा भएको पाँचौं चरणको पहिलो खेलमा पुलिस क्लबले एनआरटीलाई ३—० गोल अन्तरले पराजित गरेको हो । यो सँगै लिगमा तीन खेल जितेको पुलिसका लागि निर कुमार राईले २ अभिषेक रिजालले १ गोल गरे । 

 

 

 

खेलको पहिलो हाफको ४१ औं मिनेटमा पुलिसका लागि निर कुमार राईले गोल गरे । उनले रवि पाश्वानको क्रसलाई गोलमा परिणत गरेका हुन् । त्यसपछि पहिलो हाफमो दुवै टोलीबाट कुनै गोल हुन सकेन । 

 

 

 

पुलिसका लागि खेलको ६६ औं मिनेटमा रिजालले गोल गरे । एनआरटीले पुलिस विरुद्ध गोल फर्काउने प्रयास गरेपनि सफल भने हुन सकेन । खेलको ८९ औं मिनेटमा पुलिसका लागि फेरि राईले गोल गरे र समग्रमा  ३—० गोल अन्तरले पुलिसले जित आफना हातमा पार्न सफल भयो । 

 पुलिसको जीतका लागि महत्वपूर्ण भूमिका निभाएका निर कुुमार राई खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।

 

 

 

 

तीन खेलमा जीत निकालेको पुलिस क्लब १० अंक जोड्दै तेस्रो स्थानमा पुुगेको छ भने लगातार चार खेलमा पराजय भोगेको एनआरटीको १ अंक रहेको छ ।

विशेष