कम्बोडियाका प्रधानमन्त्री पाटन दरबारमा

कम्बोडियाका प्रधानमन्त्री पाटन दरबारमा

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। 

 

 

 

एशिया प्यासिफिक समिटमा भाग लिन आएका हुन सेन नेतृत्वको ६० जना कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेका हुन्। बिहान मङ्गलबजार पुगेका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका थिए। उनले हीरण्यवर्ण महाविहारमा पूजासमेत गरेका थिए।

 

 

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए। महानगरपालिका प्रमुख महर्जनले कम्बोडियाका प्रधानमन्त्रीले गरेको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।

 

उनले भने, 'यहाँ आउनुभएका विशिष्ट पाहुनाले सम्पदाकाबारेमा केही जानेर अरुलाई केही बुझाउनुहुनेछ।' 

संम्बधित खबर

विशेष