एसिया प्यासिफिकको र्काक्रममा नेपाल सरकार संलग्न हुनु दुर्भाग्यपूर्ण : डा. लोहनी

एसिया प्यासिफिकको र्काक्रममा नेपाल सरकार संलग्न हुनु दुर्भाग्यपूर्ण : डा. लोहनी

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एसिया प्यासिफिक सम्मेलनमा नेपाल सरकार सहभागी हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । डा. लोहनीले समाजिक सञ्जाल फेसबूक मार्फत् सो कुरा उल्लेख गरेका हुन् । 

 

 

अध्यक्ष लोहनीले उक्त कार्यक्रम अर्थहिन भएको भन्दै आफ्नो पार्टी उक्त कार्यक्रममा सहभागी नहुने प्रस्ट पार्दै ‘डीनर’ समेत बहिस्कार गर्ने जनाएका छन् । 

 

 

डा. लोहनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारिकरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० र दम्पतिलाइ चर्चका गुरुबाट आशिर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार सङ्लग्न हुनु दुर्भाग्य हो ।’ 

 

 

त्यस्तै उनले नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठुलावडाका दम्पतिले आर्शिवाद लिने काममा सिमित रहेको बताएका छन् । 


डा. लोहनीले युनिफिकेसन चर्चको बजारिकरणमा नेपाल सरकारले दुई करोड खर्च गरि हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहिन भएको बताँउदै आफनो पार्टी पनि बताएका छन् । 


 

संम्बधित खबर

विशेष