News

अवैध रकम सहित २ जना पक्राउ

अवैध रकम सहित २ जना पक्राउ

वीरगंज। वीरगंजको आदर्शनगर स्थित पवन कुमार सर्राफको घरमा अवैध रुपमा बित्तिय कारोबार हुण्डी संचालन भईरहेको पाइएको छ ।

 

विशेष सुचनाको आधारमा शनिबार कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउँसो पवन कुमार सर्राफका  घरकोठाको खानतलासी गर्दा कोठाको दराजबाट नेपाली १००० को नोट ६८६ थानमा छ लाख ८६ हजार , ५ सय को नोट १७३१ थानमा रु आठ लाख ६५ हजार नगद बरामद  भएको छ ।

 

सबै गरी पन्ध्र लाख एकाउन्न हजार नगद फेला परेको छ । सो घर्रामा जम्मा गरेको तथा खाली सादा भौचर थान ५, विभिन्न बैंकहरुको सादा चेकबुकहरु पनि बरामद भएको छ ।

 

प्रहरीको टोलीले उक्त नगद तथा भौचरहरु सहित ३२ वर्षको ज्ञानेन्द्र कुमार सर्राफ र जिल्ला पर्सा, धोबिनी गा.पा.वडा नं. ५ बस्ने रैफुल आलमको छोरा ३० वर्षको ईमत्याज आलमलाई सोही घरबाट प्रकाउ गरेको छ ।

 

उनीहरुलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाईएको प्रहरीले जानकारी दिए ।

वीरगंज कुमार सर्राफको घर अवैध रकम २ जना पक्राउ

विशेष