विदेश

५ महिना अघि विहे भएको लालूको छोराको सम्बन्धविच्छेद हुने

५ महिना अघि विहे भएको लालूको छोराको सम्बन्धविच्छेद हुने

विहार । विहारका पूर्वमुख्यमन्त्री लालू प्रसाद यादवका छोरा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका तेज प्रताप यादवले पत्नी ऐश्वर्यासँग सम्बन्धविच्छेद गर्नका लागि अदालतमा निवेदन दिएका छन् । तेज प्रताप यादवले पाँच महिना अघि मात्र सन् २०१८ को १२ मे मा ऐश्वर्यासँग लगनगाठो गरेका थिए ।

 

सम्बन्धविच्छेदको निवेदन दिए पश्चात अदालतबाट बाहिरिएका तेजले आफू कृष्ण भएको र राधाको खोजीमा रहेको प्रतिक्रिया दिए । उनले पत्नी ऐश्वर्या आफ्नी राधा नभएको र यसकारण आफू अलग हुन चाहेको बताएका छन् । 

 

तेजले हिन्दू विवाह कानून १३ (१) अनुसार प्रधान न्यायाधीश, परिवार न्ययालय पटनाको अदालतमा पत्नी ऐश्वर्या रायसँग सम्बन्ध विच्छेदका लागि निवेदन दायर गरेका छन् । अदालतले उनको निवेदन स्वीकार गरेको छ र २९ नोमेम्बरमा सुनुवाई हुने बताएको छ । 

 

उनले दायर गरेको निवेदनमा पत्नी ऐश्वर्याको क्रुर व्यवहारका कारण सँगै वस्न नसक्ने बताएका छन् । पत्नीको व्यवहारले आफू दुखी भएको उनले बताएका छन् । 

 

लालू यादव चार घोटलामा जेलमा रहेको बेलामा यस्तो घटना भएको हो । सम्बन्धविच्छेदको निवेदन दिएको भएपनि दुवै परिवार उनीहरुलाई एक बनान लागि परेका छन् र छलफल जारी रहेको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् । 

पूर्वमुख्यमन्त्री लालू प्रसाद यादव छोरा पूर्वस्वास्थ्य मन्त्री तेज प्रताप यादव पत्नी ऐश्वर्यासँग सम्बन्धविच्छेद

विशेष