News

घुससहित वन अधिकृत रंगेहात पक्राउ

घुससहित वन अधिकृत रंगेहात पक्राउ

गाइघाट । उदयपुरमा घुससहित  एक सहायक वन अधिकृत पक्राउ परेका छन् । डिभिजन वन कार्यालय त्रिवेणी अन्तर्गत सब–डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्य नारायण साहलाई नगद ६० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । 

 

 

उनलाई अख्तियारको टोलीले सम्पर्क कार्यालयबाट रंगेहात पक्राउ गरेको हो । सब डिभिजन वन कार्यालय नेपालटारको गाइघाटको डिएमगेटमा रहेको सम्पर्क कार्यालयबाट काम मिलाइदिने बाहानामा ६० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

 

जंगलबाट कटान गरी घाट गड्डी गरी राखेको काठको लागत मिलाई दिने भन्दै साहले सेवाग्राहीसँग रकम लिएको अख्तियारको टोलीले जनाएको छ । साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको छ ।
। 

रंगेहात पक्राउ उदयपुर सहायक वन अधिकृत

विशेष