News

डुबेर मृत्यु भएका प्रहरी जवान खोज्न चार दिन पछाडि बल्ल पुग्यो टोली 

डुबेर मृत्यु भएका प्रहरी जवान खोज्न चार दिन पछाडि बल्ल पुग्यो टोली 

बझाङ । सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवानको खोजतलासका लागि बल्ल चार दिन पछाडि सशस्त्र प्रहरी इन्स्पेक्टरको कमान्डोमा ५ जनाको टोली बझाङ पुगेको छ । 

 

बेपत्ता सशस्त्र प्रहरी जवानको शव अझै फेला पर्न सकेको छैन् । प्रहरी डुबेको स्थान सदरमुकाम चैनपुरको सिमल रूख पछाडि सेती नदीको गहिरो तालमा सशस्त्र प्रहरीको विशेष टोली शव खोजीका लागि जाने तयारी गरे पनि नदीको बहाब बढी भएकोले उद्दारमा समस्या भएको हो ।

 

बिहीबार दिउँसो साढे १ बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेल्डाडी गाउँपालिका घर भएका २३ वर्षीया सशस्त्र प्रहरी जवान राजेन्द्र बुढा नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका थिए ।

 

बेपत्ता प्रहरी जवानको शव पत्ता लगाउनका लागि काठमाडौंबाट २ जना सदस्य गोताखोर टोली र तीन जना अत्तरियाबाट गरी पाँच जना गोताखोरको टोली शनिबार बेलुका बझाङ पुगेको थियो ।

 

पानीभित्र जाने तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरी हवल्दार बलराम अधिकारीले नदीमा रहेको तालको खोच ३५ देखि ४० फिट गहिरो भएको र सेती नदीको पुरै पानीको बहाब तालको खोचमा आएकाले पानीभित्र जान नसकेको बताए । पानीको बहाब कम गर्न सके खोचमा गएर शवको खोजी गर्न सकिने अन्यथा आफूहरुको ज्यानमा समेत जोखिममा पर्ने उनको भनाइ थियो ।

 

मृतक सशस्त्र प्रहरी जवानका परिवार र आफन्तले शव खोजिदिन आग्रह गरेका छन् । मृतक शसस्त्रका जवान बझाङमा पहिलो पटक आएकाले अफिस व्यवस्थापन तथा सरसफाइ गरेर नुहाउन गएका थिए । उनी नुहाउने क्रममै बेपत्ता भएका हुन् ।

सेती नदी सशस्त्र प्रहरी जवान डुबेर मृत्यु

विशेष