News

बालिका बलात्कार आरोपमा झापा र सुनसरीमा २ जना पक्राउ

बालिका बलात्कार आरोपमा झापा र सुनसरीमा २ जना पक्राउ

विराटनगर । बालिका बलात्कार गरेको आरोपमा सुनसरी र झापामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका १९ वर्षीय भवनी आचार्य र  सुनसरीका १७ वर्षीय एक बालक रहेका छन् । 

 

 

सुनसरीको इटहरी उपमहानगरपालिका-५ स्थित बरामपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय भवानी आचार्य पक्राउ परेका प्रहरी जनाएको छ । 

 

 

उनले शनिबार राति ६ वर्षीया बालिकालाई फकाएर आफ्नै घरमा लागि मोबाइल देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकाका आफन्तको जाहेरीका आधारमा पक्राउ परेका आचार्यका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

 

 

यसैगरी, १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका-९ स्थित बिरानका १७ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाको घरमा कोही नभएको मौका छोपी डर त्रास देखाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
 

विराटनगर सुनसरी झापा बालिका बलात्कार

विशेष