News

नेकपा नेता खनाल भन्छन्, ‘वर्तमान सरकार पाँच वर्षसम्म ढल्दैन’

नेकपा नेता खनाल भन्छन्, ‘वर्तमान सरकार पाँच वर्षसम्म ढल्दैन’

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिलेको सरकार पाँच वर्ष नढल्ने बताएका छन् । 

 

 

आइतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ नेता खनलाले यस्तो बताएका हुन् । साथै, उनले सरकारमा रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे ।

 

 

वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योगधन्दाको विकासमा लागि पर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे । 

 

 

संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे । 

नेपाल कम्युनिस्ट पार्टी पूर्वप्रधानमन्त्री झलनाथ खनाल

विशेष