News प्रवास

नयाँ दिल्लीबाट ४० नेपाली युवतीको उद्धार

नयाँ दिल्लीबाट ४० नेपाली युवतीको उद्धार

बाँके । भारतबाट ४० जना नेपाली युवतीको उद्धार गरिएको छ । राजधानी नयाँ दिल्लीमा बेचिएका तीन जनासहित ४० जना नेपाली युवतीको उद्धार गरी सोमबार नेपाल ल्याइएको हो । 

 

 

उद्धार गरिएकामध्ये तीन जनालाई नयाँ दिल्लीको जीबी रोडबाट उद्धार गरिएको हो । अन्य ३७ जनालाई भने अवैध बाटो हुँदै खाडी मुलुक लैजान लागिएको अवस्थामा दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबादबाट उद्धार गरिएको हो । 

 

 

माइती नेपाल, माइती इण्डिया र भारतीय राजदूतावासले भारतीय सुरक्षा निकायको समन्वयमा युवतीहरुको उद्धार गरेका हुन् । 

 

 

सोमबार दिउँसो नेपालगञ्ज आइपुगेका उनीहरुमध्ये १५ जनालाई राजधानी पठाइएको र २१ जनालाई झापा पठाउने तयारी गरिएको माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिए । 

नयाँ दिल्ली युवतीको उद्धार

विशेष