News

उपराष्ट्रपतिको जलपान कार्यक्रम आज

उपराष्ट्रपतिको जलपान कार्यक्रम आज

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान समारोह सोमबार आयोजना गरेका छन् । 

 

 

तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा राखिएको उपराष्ट्रपतिको चियापान कार्यक्रम सोमबार हुने भएको हो । 

 

 

उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा दिउँसो साढे २ बजेपछि चियापान कार्यक्रम हुने उनको निजी सचिवालयले जनाएको छ । 

 

 

 

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षल मन्त्रीहरु, कुटनितिक क्षेत्रका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति नन्दबहादुर पुन जलपान समारोह

विशेष