News

निकुञ्जभित्रका दर्जन बढी ढोई गर्भवती

निकुञ्जभित्रका दर्जन बढी ढोई गर्भवती

काठमाडौं । राष्ट्रिय निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ढोई गर्भवती भएका छन् । चितवनमा मात्र दुई वटा ढोईले बच्चा छावाजन्माइसकेका छन् भने सात वटा गर्भवती अवस्थामा छन् ।

 

 

त्यस्तै बर्दियामा दुई वटा ढोईले बच्चा जन्माउन साँझबिहान भएका छन् । कोशी टप्पु, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका ढोईले भने यस पटक बच्चा पाउने पत्तो छैन । 

 

 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार यस अघि दुइटा ढोईले छावा जन्माइसकेका र बाँकी सात वटा गर्भिणी अवस्थामा छन् ।

 

 

चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती छन् । बर्दियामा रहेका १३ वटा हात्तीमध्ये दुईवटा हात्तीले यस पटक बच्चा जन्माउने भएका छन् ।

 

 

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार निकुञ्जमा रहेका नौवटा पोथीमध्ये दुईवटा पोथीले बच्चा जन्माउने भएका छन् । 

 

 

उता शुक्लाफाँटामा सात वटा हात्तीको दरबन्दी रहेको र तीमध्ये पाँच वटा ढोई रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दीमा कुनै पनि ढोईमा गर्भ नबसेको बताइएको छ । गोरखापत्र दैनिकबाट  

चितवन राष्ट्रिय निकुञ्ज ढोई गर्भवती

विशेष