News

तुलाधरको निधनप्रति पूर्वराजाद्वारा गहिरो शोक व्यक्त

तुलाधरको निधनप्रति पूर्वराजाद्वारा गहिरो शोक व्यक्त

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मानवअधिकारवादी नेता एवं पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।

 

 

पूर्वराजाले तुलाधरको आत्माको चीर शान्तिको कामनासँगै परिवारजनमा समवेदना पनि प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।

 

 

मानवअधिकारवादी अभियन्ता समेत रहेका तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो।

 

 

उनको सोमबार दिउँसो शोभा भगवतीमा अन्त्यष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

 

उनको काठमाडौंका विभिन्‍न ठाउँमा शवयात्रा गर्दै दिव्यश्वरी घाट शोभा भगवतीमा अन्त्यष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

पद्मरत्न तुलाधर पूर्व राजा ज्ञानेन्द्र शाह

विशेष