१३ जनाको ज्यान लिने बाघ मारियो
एजेन्सी । भारतमा १३ जनाको ज्यान लिने एक नरभक्षी बघिनीलाई मारिएको छ । त्यहाँको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्रमा मादा टाइगर नामको बघिनीलाई मारिएको हो ।
‘टी १’ नामको यो बघिनीले पछिल्लो केही समय अघि यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको थियो ।
भारतीय इतिहासकै ठूलो मध्येको एक खोजी अभियानपछि बघिनीलाई गोली हानी मारिएको हो । दुई वर्ष अघिदेखि बघिनीको खोजी भैरहेको थियो ।
अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो ।
शुक्रवार साँझ बोराती गाउँ नजिकको क्षेत्रमा पुगेकी बघिनी एउटै गोलीको प्रहारबाट मारिएको अधिकारीहरूले बताएका छन् ।
बाघ मारियो बघिनी