बालविवाह र बाल हिंसा न्यूनीकरणको लागि बेलायतमा रकम संकलन

बालविवाह र बाल हिंसा न्यूनीकरणको लागि बेलायतमा रकम संकलन

म्याग्दी  ।  बालविवाह र बाल हिंसा न्यूनीकरण तथा पिछडिएका महिला सशक्तिकरण गर्न स्थापना हुने अक्षयकोषका लागि बेलायतमा १२ लाख सहयोग संकलन भएको छ ।

 

तिहार पर्वको अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले आइतबार लण्डनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममार्फत १२ लाख ९० हजार संकलन भएको मोनाका उपाध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।

 

रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको गत वर्ष दरवाङमा भएको अधिवेशनले १ करोडको अक्षयकोष स्थापना गर्न घोषणा गरेको थियो ।

 

कात्तिक पहिलो हप्ता पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक संकलन अभियानलाई तीव्रता दिन विभिन्न देशमा अभियान चलाउने निर्णय गरेको थियो ।

 

सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसासम्बन्धी समस्या न्यूनीकरण गर्न अक्षयकोषको रकम परिचालन गरिनेछ ।

बालविवाह र बाल हिंसा न्यूनीकरण बेलायतमा १२ लाख सहयोग

संम्बधित खबर

विशेष