News

 हेलिकोप्टर उडाएर निजगढको अनुगमन 

 हेलिकोप्टर उडाएर निजगढको अनुगमन 

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमिलिे प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ ।

 

 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिब २ घण्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो ।

 

 

समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन । प्रस्तावित विमानस्थलबारे र वातावरणीय प्रभावको विभिन्न टीका टिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको हो ।

 

 

निर्णय अनुसार उपसमिति अनुगमनका लागि गएको छ । दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन भएको हो ।

 

 

उपसमिति सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्रीसमेत अनुगमनमा गएका थिए ।

 

 

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रविन्द्र अधिकारीसमेत अनुगमनमा सहभागी भए ।

 

 

सेनाको एमआई १७ हलिकोप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको हो । गोरखापत्र दैनिकबाट 

निजगढ विमानस्थल हवाई अनुगमन

विशेष