News

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् ।

 

 

तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।

 

 

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । 

 

 

‘देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो ।’ उनले भने ।  नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ ।

 

 

देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ । अन्नपूर्ण पोस्टबाट  

रुपन्देही तिहार लक्षित नियम देवदह नगरपालिका

विशेष