News

मेयर शाक्य भन्छन्, ‘उपत्यकामा सडक विस्तारभन्दा मनोरेल नै उपयुक्त’

मेयर शाक्य भन्छन्, ‘उपत्यकामा सडक विस्तारभन्दा मनोरेल नै उपयुक्त’

काठमाडौं । महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताएका छन्।

 

 

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेकाले मोनोरेल सञ्चालन हुनेमा शङ्का नरहेको जानकारी गराए।

 

 

सडक विस्तार गर्ने क्रममा कामपाको कुनै पनि घर नभत्काउने पनि उनले बताए । ‘निर्माण भएका घर भत्काएर सडक बिस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक बिस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ।’ उनले भने।

 

 

सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै प्रमुख शाक्यले धरहरा, काष्ठमण्डप पुनःनिर्माणको काम शुरु भइसकेको र चाँडैै ऐतिहासिक रानीपोखरीको पनि काम शुरु हुने जानकारी दिए, यो खबर आजको नागरिक दैनिकमा छ।

विद्यासुन्दर शाक्य उपत्यकामा सडक

विशेष