विदेश

साउदी अरबद्वारा परमाणु रियाक्टर बनाउने घोषणा

साउदी अरबद्वारा परमाणु रियाक्टर बनाउने घोषणा

एजेन्सी । साउदी अरबले परमाणु रियाक्टर बनाउने भएका छ । यहाँका राजकुमार मोहम्मद बिन सलमानले परमाणु रियाक्टर बनाउने योजनाको औपचारिक घोषणासमेत गरेका छन् ।

 

 

 समाचार संस्था एएफपीका अनुसार क्राउन प्रिन्स मोहम्मदले सोमबार परमाणु रियाक्टर योजनाको घोषणा गरेका हुन् । 

 

 

क्राउन प्रिन्सले यो परमाणु रियाक्टर कस्तो हुन्छ भन्ने बारे बताएका छैनन् । जानकारी बाहिर भने ल्याइएको छैन ।

 

 

यसको प्रयोग अनुसन्धान, विकास या शैक्षिक प्रयोजन या अन्य केका लागि हुन्छ भन्ने बारेमा पनि केही बताइएको छैन । 

 

 

साउदी अरेबियाले आउँदो दुई दशकमा १६ वटा परमाणु रियाक्टर बनाउने योजना रहेको बताएको छ । यसका लागि झण्डै ८० अर्ब अमेरिकी डलर खर्च हुने बताइएको छ ।

साउदी अरब परमाणु रियाक्टर मोहम्मद बिन सलमान

विशेष