News

अब ‘एक विद्यालय एक बगैंचा’ अनिवार्य, जग्गा बाँझो राख्न नपाउने

अब ‘एक विद्यालय एक बगैंचा’ अनिवार्य, जग्गा बाँझो राख्न नपाउने

काठमाडौं । अब हरेक विद्यालयले कम्तीमा एउटा बगैंचा निर्माण गर्नुपर्ने भएको छ ।

 

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५’ तयार पारी खाली जग्गामा हरित क्षेत्र निर्माण गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेको हो ।

 

 

मन्त्रालयले शिक्षा नियमावली २०५९ को नियम १९२ अनुसार नयाँ निर्देशिका ल्याएको हो । हरियालीयुक्त वातावरण बनाउने उद्देश्यले सरकारले ‘एक विद्यालय तथा एक बृहत् हरित क्षेत्र’ निर्माण कार्यक्रम ल्याएको हो ।

 


निर्देशिका कार्यान्वयनका लागि निजी विद्यालय सञ्चालकको संस्था प्याब्सन, एनप्याब्सन तथा स्थानीय तहले सोमबार प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

निर्देशिकाको प्रस्तावनामा विद्यालयको वातावरण सफा, शान्त, सुरक्षित र हरियालीयुक्त बनाउने उद्देश्य रहेको उल्लेख छ । 

 

 

बगैंचा र हरियालीले विद्यालयलाई आकर्षक, मनोरमस्थल र जीवित प्रयोगशालाका रूपमा विकास गर्ने तथा विद्यार्थीले प्राप्त गरेको सैद्धान्तिक ज्ञान व्यावहारिक र जीवनोपयोगी बनाउने अपेक्षा राखिएको छ ।-नयाँ पत्रिकाबाट

विद्यालय बगैंचा

विशेष